विदेश जानुपूर्व सीपमूलक तालिमप्रति युवा आकर्षित

काठमाडाैं | असार २१, २०७९

विदेश जानुपूर्व सीपमूलक तालिमप्रति युवा आकर्षित


काठमाण्डौँ:    रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।

    

स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरुलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका छन् । 
    
  

 “यो सकारात्मक तथ्याङ्क हो, युवाहरुलाई सीप सिकेर विदेश जाँदा धेरै कुरामा सहज हुन्छ,” वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले भन्नुभयो, “सुरुआतमा भन्दा यो वर्ष सीप सिक्न चाहने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमूलक तालिमहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । “सीप सिकेपछि मजदुर दक्ष हुन्छ, सोही अनुसारको पारिश्रमिक पाउँछ, अदक्षले १० वर्षमा कमाउने पैसा दक्ष कामदारले पाँच वर्षमा कमाउन सक्छ,” उहाँले भन्नुभयो, “अझै पछि एजेन्टहरुको दबाबमा सीप नसिकी विदेसिने धेरै छन्, यो गलत हो ।” 

  

 सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएका छन् । जसमा महिलाको सङ्ख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित कार्यक्रम चलाउँछ । आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरुको सङ्ख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठयारोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् । 

  

 वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरेको जनाइएको छ । चालु आवमा वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये पाँचका उजुरी पूर्ण रुपमा समाधान भएको पौडेलले बताउनुभयो । ती घटनाका पीडितहरुले १० लाख  क्षतिपूर्ति पाएका छन् । परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयघातका कारण मृत्यु हुने गरेको तथ्याङ्क आप्रवासी स्रोत केन्द्रसँग छ ।

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्